काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नयाँ बजेट बनाउने समय सुरु हुँदै लाग्दा आफ्नो टिम परिवर्तन गरेका छन् ।
करिव ६ महिना अवधीमै अर्थमन्त्री पौडेलले मन्त्रालय मातहतमा काम गर्ने जिम्मेवार अधिकारीहरु परिवर्तन गरेका हुन् ।
उनले अर्थसचिव नै परिवर्तन गरेका छन् । रामप्रसाद घिमिरेलाई हटाएर घनश्याम उपाध्ययलाई उनले ल्याएका हुन् ।
उपाध्यय र घिमिरे दुवैै राजस्व पृष्ठभूमिका भने हैनन् । राजस्व सचिव दिनेश घिमिरे समेत राजस्व पृष्ठभूमिका हैनन् ।
अर्थमन्त्रालयको सचिव सामान्यतय राजस्व पृष्ठभूमिकामा काम गरेकोलाई राख्न उत्तम हुन्छ भन्ने मान्यता छ ।
तर पछिल्लो केहि वर्षदेखि राजस्व पृष्ठभूमि बाहिरकालाई नै सचिवहरुको जिम्मेवारीमा ल्याइदै आएको छ ।
तर विष्णु पौडेलले बजेट तयारी हुँदै गर्दा राजस्व सचिवमा भने अर्थमन्त्रालयकै ‘क्याडर’ ल्याउने तयारीमा रहेको बुझिन्छ । को हुनसक्लान् त सबैको जिज्ञासा छ ।
अब सहसचिव सचिवमा बढुवा हुने क्रममा दुई जना राजस्व पृष्ठभूमिका छन् । चन्द्रकला पौडेले सचिव बढुवा सिफारिसमा परिसकेकी छन् भने शोभाकान्त पौडेल अब सिफारिसमा पर्दैछन् । त्यसकारण यी दुई मध्ये एक जना राजस्व सचिवको रुपमा आउने आँकलन रहेको छ ।
अर्थमन्त्री पौडेलले यो वर्षको बजेटमा केहि नयाँ गर्न खोज्दैछन् ,त्यसको लागि अर्थमन्त्रालय बुझेका र काम लगाउन सक्ने व्यक्तिहरुको खोजि गरेर जिम्मेवारी दिने तयारी गरेका छन् ।
सोहि क्रममा भन्सार विभागको महानिर्देशकमा महेश भट्टराई र आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दाहाललाई जिम्मेवारी दिइएको छ ।
भन्सार विभागमा रहेका रामशरण पुडासैनी र आन्तरिक राजस्व विभागमा रहेका रामप्रसाद आचार्यलाई हटाएर नयाँ जिम्मेवारी प्रदान गरिएको हो । अन्य सहसचिवहरुको समेत जिम्मेवारी परिवर्तन भएको छ ।