डोनाल्ड ट्रम्पले लिएको नीतिको विपक्षमा उभिने जर्मनीको संकेत

एजेन्सी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले लिएको नीतिको विपक्षमा रहने जर्मनीले संकेत देखाएको छ । ट्रम्पले सीमा क्षेत्रमा लिएको नीतिको बारेमा सहमत हुन नसक्ने जर्मनीले बताएको हो ।
डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार गरेपछि जर्मनीले बुधबार सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको हो ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसङ्घको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औँल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भने,‘जहिले पनि दृढ सिद्धान्त लागू हुन्छ, कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।’
ट्रम्पले ग्रिनल्याण्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार नगरेको तथा ग्रिनल्यान्ड र पनामा नहरमाथि  संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको देखिएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकी क्यानाडासँगको सीमालाई ‘कृत्रिम रूपमा खिचिएको रेखा’ विषयमा  भने मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने वाचा गरेको समेत स्टेफेन हेबेस्ट्राइटले बताए ।
हेबेस्ट्राइटले नाटो सहयोगी डेनमार्क र क्यानाडाविरुद्ध ट्रम्पको धम्कीलाई जर्मन सरकारले गम्भीरतापूर्वक लिएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गरे।
उनले भने ,‘म ती टिप्पणीहरूको मूल्याङ्कन गर्न चाहन्नँ’, उनले जर्मन सरकारले तिनीहरूलाई ‘नोट’ गरेको मात्र जोड दिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स