फ्रेट फरवार्डरस एशोसिएसनमा राजेन्द्र संग्रौलाको नेतृत्वमा गठन भयो नयाँ कार्यसमिति

काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल फ्रेट फरवार्डरस एशोसिएसनको २४औं वार्षिक सधारण सभाले राजेन्द्र संग्रौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

संघको आगामी कार्यकालका राजेन्द्र संग्रौलाको नेतृत्वमा सर्वसम्मतिले नयाँ कार्यकारिणी समिति चयन भएको हो ।

नयाँ कार्यकारिणी समितिको वरिष्ठ उपाध्यक्षमा नरेश कुमार अग्रवाल, उपाध्यक्षमा अशोक मान कपाली, महासचिवमा हरि प्रसाद ढकाल, कोषाध्यक्षमा इश्वर बहादुर गुरुङ्ग, सचिवमा सुजन कुमार न्यौपाने , सहकोषाध्यक्षमा संजिव अर्याल निर्विरोध निर्वाचित भएका हुन् । त्यसै कार्यकारिणी समिति सदस्यहरुमा सहदेव बञ्जारा, मनिष मान श्रेष्ठ, गंगाराम पुडासैनी , गंगा बहादुर राया ,संजिव शाक्य , राजेश चन्द्र प्रधानाङ्ग तथा प्रनुषा कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्यकारिणी समितिको पहिलो बैठकबाट निर्मल पौडेललाई कार्यकारिणी समिति सदस्यमा मनोनीत गरेको छ ।
संघको विधानमा कार्यकारिणी समितिमा १४ जना सदस्य प्रत्यक्ष निर्वाचनबाट र २ जना सदस्य अध्यक्ष द्वारा कार्यकारिणी समितिको परामर्शमा मनोनित गर्ने प्रावधान रहेको छ ।

त्यसै गरि संघ विधानको व्यवस्था अनुसार सल्लाहकार समितिको संयोजकमा पूर्व अध्यक्ष प्रकाश सिंह कार्कीज्यूलाई मनोनीत गरिएको छ एवं निवर्तमान अध्यक्ष मनोज अधिकारी कार्यकारिणी समितिको पदेन पदाधिकारी रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स