काठमाडौं । नेकपा (एमाले)ले भीम रावललाई साधारण सदस्य समेतबाट हटाएको छ । आज बसेको सचिवालय बैठकले साधारण सदस्यबाट हटाउने निर्णय गरेको हो ।
रावल एमालेका पूर्व उपाधयक्ष भैसकको छन् । त्यस्तैगरि उनी सरकारमा समेत उपप्रधानमन्त्री भएर काम गरिसकेका छन् ।
उनले एमालेलाई व्यवसायी मीनबहादुर गुरुङसँग जग्गा दान लिएर पार्टी कार्यालयको भवन समेत बनाउन लागेका विषयमा आलोचना गरेका थिए ।