रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख बिगो कायम गरि दायर भयो अभियोग पत्र

काठमाडौं । रवि लामिछानेविरुद्ध २७ करोड ८९लाख बिगो कायम गरि अभियोग पत्र बुझाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग पत्र दायर भएको हो ।

आइतबार अदालतमा तीनवटा कसुरमा एकसाथ अभियोग पत्र दायर गरेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाकारी गराएको छ ।

सरकारी वकिल कार्यालय कास्कीका अनुसार यसैसँग सम्बन्धीत मुद्धामा पूर्वडीआईजी छविलाल बन्जाडे जोशी , लिला पछाई र रामबहादुर खनालविरुद्ध पनि सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स