काठमाडौं । नयाँ नियुक्त भएका धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नियक्ति हुँदा नै कमिशन बुझाएको आरोप लगाउँदै अख्तियारमा उजुरी परेको हो ।
अध्यक्ष बनेपछि नयँ स्टक लाइसेन्स समेत मिलेमतोमा दिने बचन सहित कमिसनको सौदाबाजी भएको भन्दै उजुरी परेको छ ।
पुस १ गते अख्तियारमा भ्रष्टाचार विरुद्ध युवा जागरण अभियानका तर्फबाट राजन शर्मा पराजुलीले उजुरी दिएको कागजात भेटिएको छ ।
उजुरी नम्बर सी–०३५३८४ रहेको छ । यस अघि समेत ५ अर्बको कमिसनको खेल भएको भन्दै उजुरी परेपनि त्यसमा केहि अभएको भन्दै आज परेको उजुरीमा पूर्व उजुरी समेत हेरविचार गर्नुपर्ने आशय व्यक्त गरिएको हो ।
आयोगमा २०८१ जेठ ३२ गते नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिने सम्बन्धी योजनामा ५ अर्ब रुपैयाँ कमिशनको खेल आरोप लगाउँदै उजुरी परेको थियो ।
पाँच अर्ब कमिसन परराष्ट्र मन्त्री डा आरजु राणा, अर्थमन्त्री विष्णु प्रसाद पौडेलहरुको समेत छानविन गर्न माग भएको छ । यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, कृष्ण पोखरेल, अम्बिका गिरि लगायतको पनि सम्पतिमाथि छानविन गरिनुपर्ने माग उजुरीमा भएको छ ।
उजुरीमा अर्को विषय समेत उल्लेख गरिएको छ । भनिएको छ, ‘यसअघिसम्म स्टक एक्चसेञ्जले लाइसेन्स पाउँदा सूचिकृत संस्थाहरु(पब्लिक लिमिटेड) ले मात्रै लगानी गर्न पाउने कानुनी व्यवस्था रहेकोमा निजी कम्पनीहरुले समेत स्टकमा लगानी गर्न पाउने र त्यस्तो लगानीको सिमा एकाघर परिवारकै १५ प्रतिशतसम्म हुन पाउने गरि नेपाल धितोपत्र बोर्ड सम्वद्ध कानुनी प्रक्रिया, नियम तथा आवश्यक कानुनहरु समेत परिवर्तन गराइसकेको छ ।’