नेपाल बैंकर्स संघमा सन्तोष कोइराला अध्यक्ष हुने पक्का

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्ष माछापुच्छ्रे बैंकको सीईओ सन्तोष कोइराला हुने पक्कापक्की भएको छ । ३ गतेदेखि उनी संघको अध्यक्ष हुने सहमति भएको हो ।

अध्यक्षयको लागि प्रभु बैंकको सीईओ अशोक शेरचन र कोइरालाको मनोनयन दर्ता भएको थियो । जसमा कोइराला अध्यक्ष रहने सहमति जुटेको हो ।

यसपाली तीनजना सदस्य पद रिक्त भएको छ । त्यसमध्ये एक कार्यकाल पुरा गरेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले दोस्रो कार्यकाल दोहोयाउने भएका छन् ।

बाँकी दुई सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल आउने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स