काठमाडौं । ऋणमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)का परियोजना नलिने विषयमा सत्ता गठनबन्धका दलहरुबीच सहमति भएको छ । मंगलबार राति बसेको बैठकले चीनले प्रसातव गरेको खण्डमा समेत सम्झौता नगर्ने विषयमा नेताहरु बीच सहमति भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै छन् । जसमा चीनले अनुदानको नै परियोजना हुने स्पष्ट नपारेसम्म सम्झौता नगर्ने भएको हो ।
नेपाली कांग्रेश र नेकपा एमालेका नेताहरुबीच राति छलफल भएको थियो । प्रधानमन्त्री ओली मंसिर १७ देखि २१ गतेसम्म चीन भ्रमणमा जाँदा बीआरआईका परियोजनाहरुमा सम्झौता गर्ने भन्ने चर्चाका बीच राति भएको छलफलले यस्तो निर्णय भएको हो ।