काठमाडौं । पूर्व प्रदेशमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । उनलाई आज काठमाडौंमा प्रहरीले पक्राउ गरेको हो ।
ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहान काठमाडौँको सानो र्भयाङबाट पक्राउ गरिएको जनाएको छ ।
पाटन अदालतले गुरुङलाई ५ वर्ष कैदको सजाय सुनाएको थियो। त्यसअघि जिल्ला अदालत काठमाडौँले २०६३ माघ ७ गते उनलाई २ वर्ष कैद सजाय तोकेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन गरेको थियो ।