महासंघको पहलमा बीमा सम्बन्धी समस्याको समाधान

काठमाडौं । कोभिड-१९ लगायत विभिन्न कारणले काम हुन नसकेका आयोजनाहरूको म्याद थपको लागि भदौ ३ को मन्त्रिपरिषद् निर्णयानुसार खरिद सम्झौताको २०७८ साल चैत्र मसान्तसम्मको लागि म्याद थप गरेको छ ।

ती ठेक्काहरुको म्याद थप गर्दा आवश्यक पर्ने पुर्नबिमाका लागि बीमा कम्पनीहरूले बीमा नवीकरण गर्दा तोकिएको भन्दा बढी रकम (एक्सेस भ्यालु) वृद्धि गरी आफुखुशी पहिला जारी भएको बीमा शुल्कमा अत्याधिक रूपले बीमा शुल्क लिन बाध्य बनाइएकोमा नेपाल निर्माण व्यवसायी महासंघको पहलमा सरोकारवालाबीच भएको छलफलपछि यो समस्या समाधान भएको छ ।

महासंघका पदाधिकारी, बीमा समितिका पदाधिकारी र नेपाल बीमक संघका पदाधिकारीबीच भएको छलफलमा निर्माण सम्पन्न नभएका र सरकारबाट म्याद थप भएका आयोजनाहरूको हकमा थप भएको समयावधिका लागि नेपाल बीमक संघ र महासंघबीच आपसमा समन्वय गरी एक्सेस भ्यालुकै सेवा सर्त तोकी उपयुक्त दररेटमा बीमा गर्ने गराउने सहमति भएको हुँदा सोही बमोजिम गर्नु गराउनु हुन महासंघले अनुरोध गरेको छ ।

यसैबीच कुनै पनि निर्माण कार्यको त्रुटी सच्याउने अवधिको बीमा, म्याद थप गर्दा गरिने बिमा लगायतका समस्या सम्बन्धमा नेपाल सरकारका सरोकारवाला निकायहरूसँग बिमा समितिले निकट भविष्यमा अन्तरक्रिया गरी समस्या समाधान गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालद्वारा शुक्रवार जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स