विश्वकै लामो केबलकार नेपालमा बन्ने, मुक्तिनाथ केबलकार निर्माण गर्न ६४ अर्ब लाग्ने

काठमाडौं । नेपालमा संसारकै लामो केबल कार नेपालमा बन्ने भएको छ । । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा संसारकै लामो केबुल कार लगानी बोर्डले निर्माण गर्न लागेको हो । यो केबुल कार कास्कीको वीरेठाँटीदेखि मुक्तिानाथ मन्दिरसम्म निर्माण हुनेछ ।

केबलु कार निर्माणका लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि २०७५ भदौ २७ गते मुक्तिनाथ दर्शन प्रालिबीच सम्झौता भएको थियो । २०७५ बैशाख १५ गतेको बोर्डको ३० औं बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको थियो ।

हालसम्म निर्माण भएको केबुल कारमध्ये चीनको तियानमेन शान केबुलकार सबैभन्दा लामो रहेको छ । यसका लम्बाई ७ किलोमिटर ४५५ मिटर रहेको छ । नेपालमा बनाउन खोजिएको केबुलकार यो भन्दा करिब ११ गुणा लामो हो ।

मुक्तिनाथ दर्शन प्रालिले २०७७ मंसिरमा केबुलकारको डीपीआर बोर्डलाई हस्तान्तरण गरेको बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जानकारी दिए ।
प्रारम्भिक रिर्पोट अनुसार केबुलकार निर्माण गर्न ६४ अर्ब रुपैयाँ लाग्ने देखिएको अधिकारीले हाम्रोअर्थसँग बताए ।
केबुलकारको लम्बाई ८१ किलोमिटर हुनेछ । वीरेठाँटी–घोरेपानी, घोरेपानी–तातोपानी, तातोपानी–लेते (मार्फा), लेते (मार्फा)–जोमसोम, जोमसोम–कागबेनी, कागबेनी–मुक्तिनाथसम्मका खण्डमा निर्माण हुन लागेको केबलकारको स्थायी र वैकल्पिक गरी कुल ११ वटा स्टेसन रहने छ ।
बोर्डले अहिले डीपीआरको मूल्यांकन गरिरहेको छ । डीपीआर तयार भए पनि वातवरणीय प्रभाव मूल्यांकन (ईआइए) भने भएको छैन । वन मन्त्रालयले ईआइए गर्नका लागि स्वीकृत प्रदान गरेको छैन । यसले गर्दा ईआइएको टर्म अफ रिफ्रेन्स (टीओआर) तयार गर्न नसकिएको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स