गरिमा क्यापिटलद्वारा विश्व लगानीकर्ता सप्ताह २०२४ अन्तर्गत १ दिने पुँजी बजार साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पुँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस कार्यक्रम अन्तर्गत कार्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा. वडा नं. ५ र १५ का लगानीकर्ता तथा सर्वसाधारणहरुलाई पुँजी बजार बारे सूचित गराउने उद्देश्यले सकला देवी माध्यमिक विद्यालय र जनज्योति आदर्श बहुमुखी क्याम्पसमा १ दिने पुँजी बजार साक्षरता कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का सचिव ठाकुर प्रसाद शर्माले संचालन गरिएको थियो भने कार्यक्रमको प्रमुख वक्ताका रुपमा गरिमा क्यापिटलका प्रमुख व्यापार अधिकृत तुल्सी प्रसाद आचार्य तथा व्यापार प्रवद्र्घन बिभाग प्रमुख दिपक न्यौपाने रहेका थिए । सोही कार्यक्रममा देवचुली नगरपालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपाने र सर्वोदय (समावेशी अक्षर र अनुसन्धान) का अध्यक्ष युवराज वाग्लेको उपस्थिति रहेको थियो ।

विश्व लगानीकर्ता सप्ताह (२०२४) एक हप्ते लामो आई.ओ.एस सिओद्वारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पुँजी बजारसँग सम्बन्धी जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स