डेडिकेटड र ट्रंकलाइन बिल आएको जति रकम भुक्तान गरिसक्यौ : पवन गोल्यान

काठमाडौं । गोल्यान ग्रुपका अध्यक्ष उद्योगी पवन गोल्यानले डेडिकेटड र ट्रंकलाइनको नाममा आएको वक्यौता रकम तिर्न नसक्ने बताएका छन् । नेपाल धागो उत्पादक संघको अध्यक्ष समेत रहेका उद्योगी गोल्यानले सरकारबाट आएको बिलको भुक्तान गरिसकेको बताएका हुन् ।

आज पत्रकार सम्मेलन गरेर आफूहरूले बिल आएको जति रकम भुक्तान गरेको बाँकी नराखेको बताए । ‘हामीलाई खादै नखाएको विष लागेको छ,’ उनले भने ‘हामीले पौने २ अर्ब तिरे कम्पनी बन्द हुन्छ ।’

उनको उद्योग रिलायन्स स्पिनिङ मिल्सको नाममा नेपाल विद्युत प्राधिकरणले १ अर्ब ७० करोड रूपैयाँको बिल पठाएको छ । गोल्यानले सो रकम तिर्न नसक्ने बताए । ‘मलाई उद्योगमा रहेका ५ हजार कर्मचारीको चिन्ताले रातमा निद्रा पनि लाग्दैन,’ उनले भने ‘भारतलाई २ रूपैयाँमा बिजुली बेच्न तयार सरकारले आफूहरूबाट १० रूपैयाँ लिएको गुनासो पनि गरे ।’

‘हाम्रो टाउकोमा तरबार राखेर राज्यले औद्योगिक वातावरण कता लान खोज्दैछ ? यस्तै समस्याले आफूहरूले उत्पादन बढाउन नपाएको गुनासो उनले गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स