काठमाडौं । नेपालको सबैभन्दा बढी बिक्री हुने ब्राण्ड एलजि ले दशै तिहार २०७९ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान चाडपर्वको समय उपहार र नगदमयु सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत एलजि का लागि नेपालको अधिकृत बितरक सिजि इलेक्ट्रोनिक्सले एलजि का घरायसी सामानहरु र होम इन्टरटेनमेन्टका खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ।
यस योजना अन्तर्गत का टिभी, साउन्ड बार र होम अडियोको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले एलजि साइड बाइ साइड फ्रेन्च डोर रेफ्रिजरेटरको खरिदमा इलेक्ट्रीक कुकर वा ओभन, डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्याँस स्टोभ वा ह्याण्ड ब्लेन्डर र सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन ।
एलजि डिशवासरको खरिदमा ग्राहकहरुले डिशवासर कीट प्राप्त गर्नेछन् । त्यस्तै, ग्राहकहरुले एलजि माइक्रोवेभ ओभनको खरिदमा फ्री खाना पकाउने कीट र एलजि भ्याकुम क्लिनरको खरिदमा आकर्षक नगद छुट प्राप्त गर्नेछन ।
एलजि वाशिङ्ग मेसिन फ्रन्ट लोड ९९ केजि माथी वासर ड्रायर० को खरिदमा इण्डक्सन कुकर वा फ्यान हिटर, वाशिङ्ग मेसिन फ्रन्ट लोड ९८ केजि सम्म० को खरिदमा ६ केजिको एरियल म्याटिक डिटरजेन्ट र वासिङ्ग मेशिन टप लोडको खरिदमा फ्री ड्राइ आइरन प्राप्त गर्न सक्नेछन ।
एलजि स्पील्ट रेसिडेन्सियल एयर कन्डिसनर र फ्लोर स्ट्यान्डीङ क्यासेट एयर कन्डिसनरको खरिदमा ग्राहकहरुले रु। ४००० को निस्शुल्क स्थापना सेवा पाउनेछन । साथै पियम १.०एयर प्युरिफायरको खरिदमा एलेक्ट्रीक प्रेसर कुकर प्राप्त गर्नेछन।
यो योजना नेपाल अधिराज्यभरी सिमित अवधिकोलागी लागू हुनेछ।