नेपाल राष्ट्र बैंकले यस रेमिटको इजाजतपत्र रद्द गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस रेमिटको इजाजतपत्र रद्द गरेको छ । आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंक अन्तर्गतको विदेशी विनिमय व्यवस्थापन विभागले यस रेमिटको इजाजतपत्र रद्ध भएको जानकारी दिएको हो ।

राष्ट्र बैंकबाट विप्रेषणसम्बन्धी कारोबार गर्न इजाजत प्राप्त यस रेमिटले गरेको विदेशी मुद्रा कारोबारबाट कुनै व्यक्ति वा संघरसंस्थासँग लेनदेन रकम बाँकी रहेको भए सो को जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ।

लेनदेन बाँकी भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय ब्यबस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले अनुरोध गरेको हो ।

तोकिएको समयमा लिखित जानकारी प्राप्त हुन नआए यस रेमिटको ग्यारेन्टीसमेत फुकुवा हुने विभाले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स