सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा तनहुँ जिल्लाको डुम्रेमा युनिफर्म वितरण

काठमाडौं । तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका१, डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मिति २०७९ श्रावण १६ गते सोमबारका दिन तनहुँ जिल्ला, बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्रा माध्यमिक विद्यालयका ११ जना गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई ११ सेट विद्यालयको युनिफर्म वितरण गरिएको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी गराएका थिए ।

उक्त विद्यालय युनिफर्म वितरण कार्यक्रमममा पवित्रा माध्यमिक विद्यालयका प्रधानाध्यापक जीव नाथ पौडेलले संस्थाले विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण गरी दिएकोमा धन्यवादज्ञापन गर्नुका साथै यस्ता किसिमका सामाजिक कार्यक्रमले संस्था प्रति समुदायको सकारात्मक प्रभाव पर्ने जानकारी गराउनुका साथै आगामी दिनमा पनि संस्थाबाट यस्तै प्रकारको विभिन्न सहयोगको अपेक्षा रहेको जानकारी गराएका थिए ।

विद्यालयको युनिफर्म वितरण कार्यक्रममा सस्थाका प्रमुख कार्यकारी अधिकृत केशव कुमार पौडेलले आफनो मन्तब्यको क्रममा संस्थाको संक्षिप्त जानकारी गराउनुका साथसाथै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न किसिमका कार्यक्रम सञ्चालन गदैं आई रहेको, स्थानीय स्तरमा विभिन्न सामाजिक संघ, संस्था, विद्यालयसँग सहकार्य गर्दै आई रहेको जानकारी गराएका थिए । साथै आगामी दिनहरुमा पनि थप विभिन्न रचनात्मक क्रियाकलापहरु समेत सञ्चालन गर्ने योजना रहेको जानकारी गराएका थिए ।

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स