काठमाडौं । प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफुलाई प्रस्तुत गरेको छ । सिमेन्टको उत्पादन माग बमोजिम नै भइ रहेता पनि मुल्य र गुणस्तरमा असमानान्तर भिन्नताका कारण ग्राहकले गुणस्तरीय सिमेन्टप्रति लगाव देखाई रहेका छन् ।
अहिलेको नेपाली सिमेन्ट बजारमा उच्चस्तरिय कच्चा पदार्थसंगै पछिल्लो जमानाको सर्वाेत्कृष्ट प्रविधिलाई अंगाल्दै गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले बलियो प्रस्तुति जनाउँदै बजारमा उत्पादन र बिक्री वितरण शुरु गरेको हो ।
सिराहाको मिर्चैयामा अवस्थित शौर्य सिमेन्ट इण्डष्ट्रिज ओपीसी, पीपीसी, पीएस्सी र लो अल्कली ४३ र ५३ ग्रेडको गरेर ४ प्रकारका गुणस्तरीय सिमेन्टहरु उत्पादन गर्दछ ।
जसमध्ये लो अल्कली सिमेन्ट उत्पादन गर्ने शौर्य सिमेन्ट नेपालमा नै पहिलो कम्पनी रहेको छ । यसले दैनिक ७००० बोरा सहित ३५०० मेट्रिकटन उत्पादनको क्षमता राख्दछ । जसले देशभरिको बजार माग सजिलै धान्न सक्ने कम्पनीको दावी छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिजले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्दछ । यसको मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको चुनढुंगा खानी रहेको छ । यस चुनढुंगामा एलुमिना र मेग्रिजियमको मात्रा एकदम कम रहेको हुनाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको रहने पाइन्छ । यसलाई उत्खनन् गरि चौथो पुस्ताको सेप्रेटरको सहायतामा सर्वाेकृष्ट गुणस्तरको सिमेन्टमा रुपान्तरण गरिन्छ ।
प्रविधिको कुरा गर्नु पर्दा शौर्य सिमेन्ट इण्डष्ट्रिजमा नेपालको एक मात्र अल्कली रिडक्सन प्रविधि जडित प्रक्रिया रहेको छ । जहाँ अल्कली बाईपास सिस्टमको प्रयोग भएका कारण सिमेन्टमा अल्कलीको मात्रा कम हुन्छ । जसकारण निर्माणमा स्थाइत्व कायम रहन्छ यसैगरी यसले ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलर मेसिन (भीआरएम) प्रयोग गर्दछ । जुन सबै भन्दा उन्नत र उर्जा बचत गर्ने प्रविधि रहेको छ ।
साथै यस सिमेन्ट इण्डष्ट्रिजमा अन्तराष्ट्रिय स्तरको रोबोटिक ल्याब रहेको छ । जहाँ बिना कुनै मानवीय त्रुटि, स्वचालित रोबोटिक आर्मले गुणस्तरका एकरुपता कायम गरि उच्च गुणस्तरीय तथा बेस्ट क्वालिटी सिमेन्ट उत्पादन गर्न मद्दत गर्दछ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिज नेपालको यस्तो सिमेन्ट कम्पनी जहाँ परम्परागत बोरको तुलनामा अल्ट्रा सोनिक सिलिङ सिस्टमको माध्यमबाट लेजर सिल प्याकेजिङ गरि ल्यामिनेट गरिएको पानी तथा आद्र्रता प्रतिरोधात्मक बोरको प्रयोग गरिन्छ । जसबाट बिना कुनै चुहावट, बोराहरु सार्न र लोड अनलोड गर्न एकदमै सजिलो हुनाको साथै सिमेन्टको गुणस्त लामो समयसम्म कायम रहि रहन्छ ।
यस सिमेन्ट इण्डष्ट्रिजको बजारको बारे कुरा गर्न पर्दा यसको लक्ष्य मुलुकको ७७ वटै जिल्लामा सरल डिलरसिप मार्फत आफ्नो सेवा सुविधा पुर्याउने रहेको छ । जुन अहिले विस्ताको क्रममा रहेको छ । हाल यसको पहुँच देशका प्रमुख शहरहरुसम्म पुगिसकेको छ ।