नव प्रवर्तक उद्यमीको लागी इन्क्यूवेटरको आवश्यकता

काठमाडौं । कुनै नव प्रवर्तक व्यबसायीको लागी नौलो व्यबसाय अथवा उद्यम गर्नका लागी विभिन्न खालका समस्याहरुले सधैभरी घेरीरहेका हुन्छन् । नौलो र फरक खालको सोचले संसारलाई परिवर्तन गर्ने उर्जा हुँदा हुँदै पनि त्यो सोचलाई सार्थक रुप दिन अनेकौँ नसोचेका जटिलता र समस्याहरु आइ पर्छन् । त्यस्तै समस्याले अंधिकांश उद्यमी बन्न चाहने व्यक्तिको सपना उनीहरुको सोचमै तुहिएर जाने गर्दछ ।

इन्क्यूवेटर भनेको यी नव प्रवर्तक उद्यमीले देखेका सपना सपनामै हराएर नजाओस् भनेर नयाँ उद्यम गर्न चाहाँनेका लागि निकालिएको एक सुत्र हो । यसमा कुनै पनि नविन सोच लिएर आउँने व्यक्तिको लागि सारथिको काम गर्दछ । उसलाई सरुमा चाँहिने कार्यकक्ष, कम्प्युटर, व्यबसाय सुरु गर्नका लागि लगानी, नेटवरकिंग, उचित तालिमको व्यबस्था गराउँने इन्क्यूवटरको प्रारम्भिक जिम्मेवारी हो ।

कुनै पनि देशको विकासको मेरुदण्ड त्यस देशमा कति नयाँ उद्यमी जन्माउँन सकियो र कति स्थापित उद्योगलाई वृद्धि विकास गरियो भन्नेमा हुन्छ । नयाँ उद्यमी जन्माउँनमा इन्क्युवेटरको भुमिका सबैभन्दा महत्वपुर्ण हुन्छ । अहिले अमेरिकाकै कुरा गर्ने हो भने रिड राइट वयब अनुसार एक हजार भन्दा धेरै इन्क्युवेटरहरु छन् । त्यस्तै छिमेकी देश भारतमा २५० भन्दा बढि इन्क्युवेटर छन् भने नेपालमा एक दर्जन जति पनि इन्क्युवेसन नरहेको र ती सबै विदेशी संस्थाबाट संचालित छन् । नेपाल सरकारको यस क्षेत्रमा ध्यान नपुगेको र यसको महत्व बुझ्न नसकेको स्पष्ट देखिन्छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स