डिशहोमले सुरु गर्यो ‘आइ टिभी’

काठमाडौं । डिश मिडिया नेटवर्कले आइ टिभीको सेवा सुरु गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आइ टिभीको सेवा सुरु गरेको हो ।

कम्पनीको अनुसार आइ टिभी डिटिएच र टेरेस्ट्रियलभन्दा फरक रहेको छ । प्रविधी इन्टरनेट प्रोटोकल बेस्ड आइपि टिभीमा सर्टस टिभी, रमाईलो टिभी, गुञ्जन, सिने हिट्स, जुनियर टिभी र नेपाली भाषामा लोकप्रिय कोरियन सिरिज जस्ता डिशहोमका एक्सक्लुसिभ च्यानलहरु लगायत २०० भन्दा बढि टिभी च्यानलहरु रहेको कम्पनीले जानकारी दिएको छ ।

यसका साथै यसमा ५ हजार घण्टाभन्दा बढि विभिन्न कन्टेन्टहरु, भिडियो अन डिमान्ड, क्याचअप टिभीरस्टार्टओभर टिभी, युट्युब, टिकटक लगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ ।

नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिश मिडिया नेटवर्कले विगत १२ वर्ष देखि सेवा दिइरहेको छ । २०६७ सालमा होम टिभीको नाममा आफ्नो सेवा प्रारम्भ गरेको यस कम्पनीले पछि डिश नेपालसँग मर्जर गरी डिशहोम नाममा आफ्नो सेवालाई संचालनमा ल्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स