अरिंगालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस्

काठमाडौ । अरिंगालको परिकार चाख्नुभएको छ ? यदि छैन भने म्याग्दी आउनुहोस् । यहाँ तपाईँ अरिङ्गालको परिकार खान पाउनुहुन्छ । सदरमुकाम बेनीस्थित एउटा रेष्टुरेन्टले अरिङ्गालको परिकार बनाउने गरेको छ । परिकार खान चार दिन अघि नै अर्डर गर्नुपर्छ ।

एक प्लेट फ्राइ अरिंगालको लार्भा लाई ५०० रुपैयाँ तिर्नुपर्छ । जंगल तथा ग्रामीण भेगमा सर्वसाधारण अरिंगालको गोला खोज्न जुट्छन् । मुख्यतथा असारदेखि असोजसम्म यस्तो क्रम बढी चल्छ । अरिंगालकोगोला काटेर त्यसबाट लार्भा
(किरा) निकालिन्छ । बेनीको वीरेन्द्रचोकस्थित होटल रोजिनाकी सञ्चालिका सिर्जना भट्टचनले अरिंगालको परिकार बनाएर बिक्री गर्दै आएकी छन् । सिर्जनालाई ग्राहकले ‘अरिंगालवाली’को नामले चिन्ने गरेका छन् । यसरी व्यापार गर्न थालेको पाँच वर्ष भएको भट्टचन बताउँछन् ।

‘ग्राहकको रोजाइमा अरिंगालको परिकार बढी पर्छ’, उनले भने। भट्टचनको अरिंगाल व्यापार बेनीमा मात्रै सीमित छैन । काठमाडौं, पोखरालगायत ठाउँबाट समेत माग आउन थालेको छ । ‘परिकार बनाई प्याकिङ गरेर पठाउने गरेकी छु’, उनले भनिन् । फ्राइ अरिंगाल प्रतिप्लेटको ५०० रुपैयाँ पर्छ । यही परिकारबाट हरेक याममा चार लाखदेखि ६ लाखसम्म कमाइ हुने गरेको उनी बताउँछिन् ।

अरिंगालको लार्भा एक माना एक हजार ६०० देखि दुई हजारसम्ममा उनले खरिद गरछिन् । यसरी खरिद गरेको अरिंगाल भुटेर भट्टचनले बिक्री गर्छन् । ‘हाल दैनिक १० देखि १५ प्लेटसम्म बिक्री गर्न सकिएको छ, साउनदेखि असोज अन्तिमसम्म दैनिक ५० प्लेटसम्म बिक्री हुन्छ’, उनले भने । भिरमह शिकारलाई जस्तै अरिंगाल शिकारलाई पनि सरकारले अनुमतिपत्रको व्यवस्था गर्नुपर्ने माग बढेको छ । सामुदायिक वन तथा व्यक्तिगत जग्गामा रहेका रुखबाट अरिंगालको शिकार गर्न पाइने वा नपाइने भन्नेबारे वन डिभिजन कार्यालयसित कुनै जवाफ भने छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स