ग्यापु टिकटक हिरोका टप ५० फाइनलिस्ट सार्वजनिक

काठमाडौं । नेपाली इ-कमर्स कम्पनी ग्यापु टिकटक हिरोजको उत्कृष्ट ५० सहभागीहरूको नाम सार्वजनिक भएको छ । करिब ५ हजार ६०० जना सहभागिबाट छानिएर ग्यापुले उत्कृष्ट ५० को नाम सार्वजनिक गरेको हो ।

सहभागीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्दै यस अवसरमा धेरै राम्रा राम्रा भिडियोहरू बनाएका थिए । सबैजनाले आ–आफ्नै हिसाबको भिडियो बनाउने छुट दिइएको थियो । अब भने यस प्रतियोगितामा केही फरक हुने ग्यापुका संस्थापक सीईओ ज्ञानेन्द्र खड्काले बताए ।

छानिएका ५० सहभागीहरूबाट अब उत्कृष्ट २५ सहभागीहरू छानिनेछन् । उत्कृष्ट २५ मा पुग्नको लागि छानिएका सहभागीहरूले फेरी नयाँ भिडियो बनाएर पठाउनुपर्ने हुन्छ । ग्यापुको आधिकारीक टिकटक अकाउन्ट पोस्ट भएकामध्ये जसको भिडियोमा सबैभन्दा धेरै लाइक र भिउ हुन्छ उनै उत्कृष्ट २५ मा पुग्नेछ । यसर्थ परिणाम निकै नै पारदर्शी हुनेमा कम्पनी विश्वस्त रहेको छ ।

यस पश्चात हुने ग्राण्ड फिनालेमा उत्कृष्ट तीन जना सहभागी छानिनेछन् । सो उत्कृष्ट तीन पनि पहिलेकै प्रकृयाबाट छानिनेछ । अर्थात जसको धेरै लाइक र भिउ आउछ उ नै उत्कृष्ट २५ बाट उत्कृष्ट तीनमा पुग्नेछन् ।

ग्यापु मार्केटप्लेसको आधिकारिक वेबसाइट gyapu.com मा गएर उत्कृष्ट ५० को नाम हेर्न सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स