लक्की ग्रुपले बालबालिकाको स्वास्थ्यमाका मगर्ने संस्थालाई सहयोग

काठमाडौं । स्वर्गिय मुरलीधर अग्रवाल ब्यबसायिक जगतको तत्कालीन समयमा चिर-परिचित नाम हो । स्वर्गिय अग्रवालका सन्ततीहरुद्धारा प्रबद्र्धित विभिन्न उद्योग, ब्वपार -व्यबसाय, बैंक, बिमा, पुर्वाधार बिकास लगायतका कम्पनीहरुको नेतृत्व गर्ने गरी लक्की ग्रुपको स्थापना भएको थियो । यसै ग्रुप अन्तर्गतको एक उद्योग गणपती बनस्पती रहेको छ । गणपती बनस्पती बिगत २५ बर्ष देखि संचालनमा रहि देशको अर्थतन्त्रमा टेवा पुर्याउदै आएको परिचित कम्पनी हो । यस कम्पनीले संचालनको बिभिन्न काल खण्डमा स्बदेश तथा बिदेशमा बिपद ब्यबस्थापन, बैज्ञानिक आबिस्कार, बिद्यालय, धार्मिक मठ मन्दिर, बाढि पहिरो, बिपन्नको उपचार, भौतिक पुर्बाधारको लागि सहयोग गरी नै रहेको छ ।

यसरी नै सहयोगि हातहरु फैलाउने क्रममा बाल बच्चाहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्धेश्यले आदरणिय ब्याक्तित्व डा. भगबान कोईरालाको नेतृत्वमा स्थापित काठमाडौं इन्टिच्युट अफ चाइल्द हेल्थको ल्ााँगि पनि १,११,११,१११।०० रुपैयाँ (अक्षरुपि एक करोड एघारलाख एघार हजार एक सय एघार मात्र) सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्ने निर्णय गरी मिति २०७९ साल जेठ महिनाको ३० गते सोमबारका दिन उक्त इन्टिच्युटद्धारा आयोजित एक कार्यक्रममा अस्पतालका अध्यक्ष डा. भगवान कोईराला, लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्ष श्रवण कुमार मोर तथा राज कुमार मोर, म्यानेजि¨ डाइरेक्टर अमित मोर, तथा डाइरेक्टरहरु श्रीमती अनन्ता मोर र राजिब मोरको उपस्थितिमा उक्त चेक हस्तान्तरण गरीयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स