काठमाडौं । बिहिबार छापावाला सुनको मुल्य ६ सय रूपैयाँले बढेको छ ।
बुधबार, सुन प्रतितोला ८८ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज भने ६ सय रूपैयाँले बढेर ८९ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।
साथै, बुधबार चाँदी प्रतितोला ११ सय ९० रूपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।