रू ४०० ले घट्यो सुन, कति पुग्यो आज ?

काठमाडौं । बुधबार छापावाला सुनको मुल्य ४ सय रूपैयाँले घटेको छ ।

मंगलबार, सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ कायम भएकोमा आज भने ४ सय रूपैयाँले घटेर ८८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदी प्रतितोला १२ सय ५ रूपैयाँ कायम भएकोमा आज भने १५ रूपैयाँले घटेर ११ सय ९० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स