कम्पनी होस् त यस्तो हिमालयन डिस्टिलरी जस्तो, सेयरधनीलाई शतप्रतिशत लाभांश, कर्मचारीलाई १८ महिनाको तलव

काठमाडौं । नेपालमै सबैभन्दा बढि बिक्री हुने गोल्डेन ओक मदिरा उत्पादन गर्ने हिमालयन डिस्टिलरी शतप्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको आज बसेको २१ औं सधारणसभाले गत वर्षको नाफबाट प्रस्तावित शतप्रतिशत लाभांश पारित गरेको हो । कम्पनी होस् त यस्तो हिमालयन डिस्टिलरी जस्तो, सेयरधनीलाई शतप्रतिशत लाभांश, कर्मचारीलाई १८ महिनाको तलव ।

वीरगञ्जमा भएको साधारणसभाले ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । कम्पनीले पोहोर पनि शतप्रतिशत लाभांश दिएको थियो । तीन वर्षयता कम्पनीले शतप्रतिशत लाभांश दिँदै आएको छ । पोहोर भने कम्पनीले आधा नगद र आधा बोनस सेयर दिएको थियो ।

कम्पनीको चुक्ता पुँजी ८६ करोड ७७ लाख रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ३४ करोड रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब चार करोड खुद नाफा गरेको थियो ।

यही नाफाबाट चुक्ता पुँजीको शतप्रतिशत लाभांश दिन लागेको हो । बोनस सेयर पारितपछि कम्पनीको चुक्ता पुँजी ६५ करोड ७ लाख रुपैयाँले बढेको छ । सेयरधनीले नगद लाभांशबापत कुल २१ करोड ६९ लाख रुपैयाँ पाएका छन्।् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत महेशप्रसाद पोखरेलले ९० करोड बराबरको अधिकृत पूँजी १ अर्ब ६० करोड पुग्ने बताए । कम्पनीका कर्मचारी तथा मजदुरले नाफाबाट १५ करोड ६४ लाख रुपैयाँ बोनस पाउने छन्।् ।

गत वर्ष मजदुरले ९ महिनाको बोनस पाएको थिए । यस वर्ष करिब १८ महिनाभन्दा बढिको पारिश्रमिक बराबरको बोनस पाउने छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स