काठमाडौं । गत शुक्रबार राति बालाजु औद्यौगिक क्षेत्रस्थित नेविको विस्कुट कारखानामा आगलागी भयो । आगलागी नियन्त्रणका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो । आगो नियन्त्रण गर्न हम्मे हम्मे परेको उक्त उद्योगमा कति क्षति भयो भनेर अहिले कुनै लेखाजोखा हुन सकेको छैन । मासिक १० करोड रुपैयाँ मूल्य बराबरको विस्कुट उत्पादन गर्दै आएको उक्त कम्पनीले बालाजुको विस्कुट उत्पादन गर्ने प्लान्ट चलेर ध्वस्त भएपछि भैरहवास्थित प्लान्टलाई २४ सै घण्टा सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
हाले भैरहवास्थित नेविको विस्कुट प्लान्टबाट दैनिक करिब १० लाखजतिको विस्कुटलगायतका उत्पादन गर्दै आएको छ । उक्त उत्पादन १२ घण्टा चलाउँदा भएको हो । अव हामीले उक्त प्लान्टलाई दुई सिफ्टमा चलाउने तयारी गर्न कम्पनीले गरेको छ । यसरी सञ्चालन गर्न सकियो भने अहिलेको भन्दा करिब आधा अर्थात ६० प्रतिशत उत्पादन गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
‘अहिलेकै जति उत्पादन गर्न सकिने अवस्था छैन । केही समयपछि भने पहिला कै अवस्थामा जान सकिएला,’ कम्पनी स्रोतले भन्यो । कम्पनीको बालाजुस्थित कारखानाको दुई वटा भवन जलेर नष्ट भएको छ । विस्कुट उत्पादन गर्ने मेशिन तथा उपकरण कवाडी बनेका छन् ।
कम्पनीका अनुसार आगलागीबाट भएको क्षतिको विषयमा अनुन्धान गर्न तथा क्षतिको विवरण बनाउन आइतबार सानिमा जनरल इन्स्योरेन्सका कर्मचारी नेविको विस्कुट कारखाना आएका थिए । उनीहरूले क्षतिका विषयमा अनुसन्धान गरिरहेका छन् ।
‘कति क्षति भएको छ भन्ने विवरण आएको छैन,’ कम्पनीले भन्यो ‘विवरण आउन १÷२ दिन लाग्छ ।’ दुई वटा भवनसहित मेशिनरी तथा अन्य क्षति भएको छ । प्रहरी र उहाँको मूल्यांकन पछि क्षतिको यथार्थ विवरण आउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले विस्कुट उत्पादन गर्ने प्लान्ट, मेशिनरी तथा स्टकलगायत मेशिन, उपकरण तथा मालसामानको २६ करोडको बीमा गरेको छ । कम्पनीले सानिमा जनरल इन्स्योरेन्सबाट बीमा गराएको हो । सानिमा जनरलमा कम्पनीले २६ करोड बीमाङ्क रकम बराबरको बीमा गरेको छ । सानिमा जनरल इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रविण कुमार कोइरालाले नेविको विस्कुट कम्पनीले २६ करोड बीमाङ्कले जानकारी दिए ।
कम्पनीले क्षति विवरण मूल्यांकन गर्न सर्भेयरहरू आइतबार नै कम्पनीमा पठाइसकेको छ । सर्भेयरले क्षति मूल्यांकन पछि मात्रै यथार्थ विवरण थाहा हुने कोइरालाले बताए । नेविको विस्कुट एण्ड कन्फेक्शनरीले विभिन्न स्वादको विस्कुट तथा कन्फेक्शनर िउत्पादन गर्दै आएको छ ।