कर्पोरेट क्लबले कर्पोरेट क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गर्ने

काठमाडौं । कर्पोरेट क्लब नेपालले व्यवसायिक रुपमा उत्कृष्ट रहेका कम्पनीलाई सम्मान गर्ने भएको छ । कम्पनीले बुधबार पत्रकार सम्मेलन गर्दै पुस २३ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट उत्कृष्ट कम्पनीलाई सम्मान गर्ने जानकारी दिएको हो ।

कम्पनीका अध्यक्ष मोहन ओझाले पाँच महिना अघिनै विभिन्न विधाका सात जना विज्ञहरुको निर्णायक मण्डल गठन गरेर छनोट प्रक्रिया अगाडि बढाएको बताए ।

उनले निर्णायकमण्डलको बैठकले विभिन्न मापदण्ड तयार पारेको बताउँदै छनोट भएका कम्पनीले सम्मान हुँदा गर्वको महशुस गर्ने जिकिर गरे । उनका अनुसार इन्सिच्युसनल एक्सिलेन्समा ११ वटा, इन्डिभिज्युअल एक्सिलेन्समा दुई वटा, इन्सिच्युसनल डिस्टिङगुइस्डमा २ वटा, इन्डिभिज्युअल डिस्टिङगुइस्डमा एक र इन्सिच्युसनल विल्डरमा केही गरि जम्मा १७ वटा विधामा १९ वटा अवार्ड दिइनेछ ।

विभिन्न व्यक्ति तथा संस्थाको जानकारीका लागि फ्याक्ट नेपाललाई आउटसोर्स गरिएको ओझाले बताए । कार्यक्रममा नबिल बैंकका सीईओ अनिलकेशरी शाहले समाजमा सकारात्मक छाप छोड्ने कम्पनीलाई सम्मान गर्दा त्यसले राम्रो प्रभाव पर्ने बताए ।

कार्यक्रममा शिवम सिमेन्टका सीईओ सुरेन्द्र गोयलले व्यवसायिक क्षेत्रले सम्मान पाउँदा लगानीका लागि समेत प्रोत्साहन मिल्ने बता ए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स