मुलुकको साझा एजेण्डा आर्थिक समृद्धिः चेम्वर अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको साझा एजेण्डा आर्थिक समृद्धि भएको बताएका छन् । नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष बिष्णु कुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरूको सम्मानमा आयोजित एक कायक्रममा अध्यक्ष मल्लले त्यस्तो बताएका हुन् ।

उक्त अवसरमा अध्यक्ष मल्लले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको धारणा समान रहेको बताए । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीका कारण गत वर्षदेखिनै नेपाली अर्थतन्त्रमा गम्भीर क्षति पुगेको छ,’ उनले भने ‘कोभिडको पहिलो तथा दोस्रो लहरको संक्रमणले लामो समयसम्म लकडाउन भइ अर्थतन्त्रले थप क्षति बेहोर्नु परिरहेको छ ।’
खुलाबजार अर्थतन्त्रको सिद्धान्त अवलम्बन गरेको नेपालजस्तो मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण हुने उनले बताए । अर्थतन्त्रलाइ पुनस्र्थापित गर्नका लागि खोपलाई प्राथमिकता दिन निजी क्षेत्रका संस्थाहरुबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक रहेको उनदे सुझाए । अध्यक्ष मल्लले निजी क्षेत्रसँग सम्वन्धित व्यवसायीक सामाजिक उत्तरदायित्व कोष लगायत कतिपय विषयहरु सम्वोधन हुन नसकेको पनि सो अवसरमा बताए । यसका लागि निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको आवश्यकता रहेको उनको भनाइ छ ।

नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णु कुमार अग्रवालले नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा आयोजित स्वागत कार्यक्रमको लागि धन्यवाद व्यक्त गर्नु हुंदै आजको यस कार्यक्रमले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाबीच एकताको सन्देश दिएको बताए । विगतमा निजी क्षेत्रका तीन वटै प्रतिनिधिमूलक संस्थाहरुले कतिपय सवालहरुमा साझा अवधारणाहरु प्रस्तुत गरेका उदाहरणहरु छन् ।

अग्रवालले विभिन्न व्यवसायहरुबीच मतमतान्तर हुनु स्वाभाविक भएता पनि हामी मुलुकको आर्थिक बिकासको सवालमा एउटै मत रहेको बताए । निजी क्षेत्र प्रतिको नकारात्मक धारणालाइ मेटाउन आजको आवश्यकता रहेकोले यसका लागि हामी एक जुट भएर अगाडी बढ्नु पर्ने बेला आएको उनका भनाइ छ ।

सो अवसरमा नेपाल उद्योग परिसंघका उपाध्यक्षहरु कृष्ण प्रसाद अधिकारी, ढकालको उपस्थित रहेको थियो । नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल, उपाध्यक्षहरु, उर्मिला श्रेष्ठ, दीपक श्रेष्ठ, सुरेन्द्र कुमार श्रेष्ठ, त्रिभुवनधर तुलाधर तथा चेम्वर प्रचार प्रसार समितिका सभापति सन्तोष कुमार पाण्डेको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स