काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रकाश गुरुङ नियुक्त भएका छन् । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गुरुङलाई चैत १ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल दुई वर्षको हुनेछ ।
यसअघिका कम्पनीका सीईओ रविचन्द्र गुरुङ पदमुक्त भएका थिए । उनलाई माघ २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो ।
जसपश्चात माघ २३ गतेदेखि लागू हुनेगरी कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कायममुकायम (कामु)सीईओको जिम्मेवारी प्रदान गरिएको थियो ।