काठमाडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा पौष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित भएको छ ।
साथै, फोनपेको सेयरधनीहरुलाई २०८१ अषाढ मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ ।
साथै, आ.व. २०८१/८२ को लेखापरिक्षकको लागि N.B.S.M. & Associates लाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।