काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा आज बुधबारको कमलादीमा रहेको क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८१ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
साथै, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको स्वीकृति पनि सभामार्फत पारित गरिएको छ । साधारण सभामा संस्थाका सञ्चालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन भएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ का उपलब्धिहरूको समीक्षा गर्दै संस्थाका अध्यक्ष सुनीलप्रसाद गोर्खालीले संस्थाका भावी योजनाहरुबारे मन्थन गरी संस्थाका सेयरधनीहरु, ग्राहक र सरोकारवालाहरुलाई उनीहरुको निरन्तर साथ र सहयोगको लागी आभार ब्यक्त गरे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले संस्थाले प्रविधिको उच्चतम प्रयोग गर्दै आफ्ना सबै ग्राहकहरूलाई आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।