१८ वटा सहकारीबाट रकम लिनेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइँदै

काठमाडौं । सहकारीबाट ऋण लिनेहरुको सम्पर्कमा नआएको कारण सम्पत्ति जफत प्रक्रिया अघि बढाइने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पटकपटक सूचना जारी गर्दा समेत सम्पर्कमा नआएको कारण अन्तिम मौका दिइ सम्पत्ति जफतको प्रक्रिया अघि बढाइने बताएको हो ।

समस्याग्रस्त घोषित संस्थाका संचालक , व्यवस्थापकहरु, ऋणी सदस्यहरु र कर्मचारीहरुलाई आफ्नो दायित्व भुक्तानीको लागि पटक पटक सुचना प्रदान भएको समितिले जनाएको छ ।

पत्रपत्रिकामा सूचना जारी , एसएमएस माफर्त जानाकारी समेत गराइदा समेत सम्पर्कमा नआएको कारण अन्तिम पटकको १५ दिनको सुचना समितिले आज जारी गरेको छ ।

यो अवधीमा सम्पर्कमा नआएमा ऋणीहरु तथा जमानीकर्ताहरुले आफ्नो दायित्व तिर्न बुझाउन नआएमा निज ऋणी र निजका एकाघरका परिवारको सम्पत्ति जफत हुने बताइएको छ ।

श्री सम्पत्ति , बैंक खाता रोक्का , कालो सूचिमा समावेश हुने छ । रोक्का राखेको सम्पत्ति र बैंक खाताबाट असुल उपर गरिने बताइएको छ । सहकारी ऐनको दफा ११५ को उपदफा १ अनुसार कारवाही अघि बढाई असुल उपर गरिने समितिको सूचनामा उल्लेख छ ।

सम्पर्कमा नआउने १८ सहकारी कुनकुन हुन् ?
स्टाण्डर्ड सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ
प्यासिफिक सेभिङ्ग एण्ड इन्भेष्टमेण्ट कोअपरेटिभ
सोसाइटल बहुउद्देश्यीय सहकारी संस्था
प्रभु वचत तथा ऋण सहकारी संस्था
लुनिभा बहुउद्देश्यीय सहकारी संस्था
ओरेण्टल को अपरेटिभ
कञ्जुमर बचत तथा ऋण सहकारी संस्था
कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ
िभेगास बचत तथा ऋण सहकारी संस्था
तुलसी बहुमुखी सहकारी संस्था
शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
हाम्रो नयाँ कृषि सहकारी संस्था
कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था
कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिट सहकारी संस्था
श्री लालिगुरास बहुउद्देश्यीय सहकारी संस्था
गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था
गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था
पशुपति सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स