साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँ पक्राउ

काठमाडौं । साढे ४ करोड रुपैयाँ हिनामिना गर्ने देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रविन्द्र चौलागाईँ पक्राउ परेका छन् । नेपाल प्रहरी अनुसन्धान ब्यूरो महाराजगञ्जले देउराली बचत तथा ऋण सहकारी संस्था लि.का संचालक समितिका अध्यक्षलाई पक्राउ गरेको हो । निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेप कर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, सेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाइ उनीहरूले सो रकम हिनामिना गरेका हुन् ।

मासिक/त्रैमासिक÷वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक–पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धित संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो

समय देखि ध्यानाकर्षण गराउँदा वास्ता नगरेको पीडितको दावी छ ।
नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराइदिने तर्फ आवश्यक पहल नगरी बचतकर्ताहरुको हालसम्म प्राप्त जाहेरी अनुसार ४ करोड ४९लाख ९९ हजार ४४३ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गर्ने कार्यमा संलग्नलाई असोज १६ गते पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स