आर्थिक वर्षको १ महिना बाँकी रहँदा पुँजीगत खर्च १ खर्ब ३४ अर्ब मात्रै

काठमाडौं । चालू आर्थिक वर्षको एक महिना बाँकी छ । चालू आर्थिक वर्षको एक महिना अवधी बाँकी रहँदा संघीय सरकारको खर्च ११ खर्ब ८१ अर्ब रुपैयाँ भएको छ ।

सुरुमा विनियोजित बजेटको यो ६७ दशमलव ४६ प्रतिशत हो ।
चालू आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

तर यसको लक्ष्य संशोधन गरेको छ । मध्यावधी समीक्षा माफर्त अर्थमन्त्रालयले खर्च र आम्दानी दुबैको लक्ष्या घटाएको हो ।
१ महिना बाँकी रहँदा १ खर्ब ३४ अर्ब रुपैयाँ मात्रै पुँजीगत खर्च भएको छ । यो सुरुमा विनियोजित बजेटको ४४ दशमलव ६८ प्रतिशत हो ।

सरकारले चालू आर्थिक वर्षमा राजस्वत माफर्त ९ खर्ब १९ रुपैयाँ आम्दानी गरेको छ । यो लक्ष्यको ६४ दशमलव ६२ प्रतिशत हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स