करले गर्दैन कुनै वस्तु आयत प्रतिस्थापन, दायरा ऐच्छिक उपभोग्यमा खोजियो

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । १८ खर्ब ६० अर्बको बजेटमा तय भएकोमा राजस्वबाट १२ खर्ब ६० अर्ब रुपैयाँ उठाउने भनिएको छ ।

यो लक्ष्य धेरै हैन । चालु आर्थिक वर्षको सुरुमा १४ खर्ब २२ अर्ब रुपैयाँ संकलन गर्ने भनिएको थियो । मध्यावधी समीक्षा मार्फत १२ खर्ब ४८ अर्ब रुपैयाँको मात्रै राजस्व संकलन गर्ने भनिएको छ । यहि पनि धौधौ पर्ने देखिएको छ । जेठ मध्यसम्ममा ८ खर्ब ६३ अर्ब रुपैयाँ संकलन भएको छ ।

चालु आर्थिक वर्षको भन्दा निकै कम राजस्वको आंकलन गरिएको हो । यसरी कम आंकलन गर्नुमा अर्थतन्त्र चलायमान नबन्ने नै आशंकामा अर्थमन्त्री उभिएका छन् ।

तर अहिले सम्मको संकलन हेरेपछि बजेट लेखन टिम र अर्थमन्त्रीले केहि दायरा बढाउनुपर्ने महसुस गरेको पाइएको छ ।
यस वर्षको बजेट निर्माणमा विगतमा समावेश भएका अनुभवी व्यक्तिहरु नै थिए तर उनीहरु पनि बजेटमा धेरै हौसिएन् । यस वर्ष प्रधानमन्त्रीको चहनाका केहि कार्यक्रम समावेश गरेकोले आकार केहि बढेको छ । त्यस बाहेक धेरै ठूलो परिर्वतन भने गरेको देखिदैन ।

राजस्वको दायरा बढाउन भने अर्थमन्त्री र उनको टिमले विलासिता ऐच्छिक उपभोग्य वस्तुहरुलाई नै निगरानी गरेको छ ।
यो वर्ष विद्युतीय गाडीमा कर बढाउन ठूलो दवाव थियो । कर्मचारीहरुले धेरै नै बल गरेका थिए । तर अर्थमन्त्रीले भने अन्य सबै वस्तुमा कर बढाउन कर्मचारीसँग सहमत विद्युतीयमा भने उनी असहमत देखिए । त्यसको अलवा पनि थोरै कर बढेको छ ।

५० किलोवाट क्षमतासम्म भन्सार महसुल १५ प्रतिशत पुर्याइएको छ । यस अघि १० प्रतिशत महसुल थियो । त्यस्तै गरि ५ प्रतिशत अन्तशुल्क समेत थप गरिएको छ । कुल १० प्रतिशत कर बढेको छ ।

५१ किलोवाटदेखी १०० किलोवाट विद्युतीय गाडीमा १५ प्रतिशत कर बढाइएको हो । ५ प्रतिशत भन्सार शुल्क र १० प्रतिशत अन्तशुल्क बढाइएको छ । १५ प्रतिशत भन्सार दरलाई २० प्रतिशत र २० प्रतिशतको अन्तशुल्कलाई ३० प्रतिशत पु्र्याइएको हो । यो सेगमेन्टको गाडी नेपालमा धेरै भित्रने गरेको छ । अब यो गाडी भोलिदेखि नै भन्सार पास हुँदा मूल्य बढेर आउने छ ।

२ सय किलोवाटसम्म २० प्रतिशतको भन्सार शुल्क ३० र २० प्रतिशतकै अन्तशुल्क ३० बनाइएको छ । ३ सय किलोवाटसम्मको भन्सार शुल्क ४० प्रतिशतबाट ६० प्रतिशत पुर्याइएको छ । अन्तशुल्क ४५ प्रतिशतबाट ३५ प्रतिशतमा झारिएको छ । यो गाडी ज्यादै न्यून मात्रामा भित्रने गरेको हो ।

नेपालमा विद्युतीय गाडीको उपयोग बढिरहेको छ । तर दुई वटा गाडी हुने र सौखिन कै बढि रुचाईमा यो छ । त्यसलाई रहेर पनि यसको कर बढाउन दावाब भएको हो । अन्य वस्तुको भने विश्वव्यापी मन्यता अनुसार कै कर बढाइएको छ । स्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने विलासी वस्तुहरुमा कर बढाइएको छ । यो विश्वब्यापी रुपमा नै धेरै कर लाइने वस्तु हो ।

मदिरा, सुर्तिजन्य वस्तु, चुरोटजन्य वस्तुहरुमा विगतमा जस्तै कर बढाइएको छ । एकीकृत महशुल दर र आर्थिक विधेयक तुलना गर्दा फिल्टर नभएको चुरोटमा प्रतिमिटर ७५५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ भने फिल्टर भएको चुरोटमा ४२०० सम्म लाग्ने देखिएको छ । यसअघि चालु आर्थिक वर्षसम्ममा ४०८० सम्म थियो । यो मिटरमा हो ।

त्यस्तै गरि मदिरामा समेत कर बढाइएको छ । ५ देखी १२ प्रतिशतसम्म अल्कोहल भएको वियरमा प्रतिलिटर ५ रुपैयाँ बढाएर २४० कायम गरिएको हो ।

१२ प्रतिशत भन्दा बढी अल्कोहल भएको बियरमा प्रतिलिटर ४ सय ४४ बाट ४ सय ६० बनाइएको छ । १२ देखी १७ प्रतिशतसम्म अल्कोहल भएकोमा समेत बढाइएको छ । १७ प्रतिशतमा ५ सय ३५ पुर्याएको छ । यो प्रति लिटरमा हो । १७ प्रतिशतको वियर अर्ना हो । नेपालमा उत्पादन हुने सबै वियर अब महँगो हुने भएको छ ।

विलासी वस्तुमा कर बढाउने सिलसिलामा सुनको गहना आयात गर्दा ३ प्रतिशत अतिरिक्त शुल्क लगाइएको छ ।आयत वा निर्यात नै प्रतिस्थापन हु्ने गरि कुनै पनि वस्तुमा धेरै कर बढाइएको छैन । यसले कर नीतिमा धेरै परिवर्तन गरिएको छ । र ठूलो विवाद नै कायम हुने गरि करको दर हेरफर गरिएको छैन । यसले राजस्वमा सरकारले ‘रिक्स’ नलिएको पाइएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स