चुरोटको कर वृद्धि, सूर्य नेपाललाई भने छैन ठूलो भार

काठमाडौं । चुरोट तथा सुर्तिजन्य वस्तुको कर आर्थिक विधेयक माफर्त वृद्धि गरिएको छ ।

एकिकृत महशुल दर र आर्थिक विधेयक तुलना गर्दा फिल्टर नभएको चुरोटमा प्रतिमिटर ७५५ रुपैयाँ अन्तःशुल्क लाग्नेछ भने फिल्टर भएको चुरोटमा ४२०० सम्म लाग्ने देखिएको छ । यसअघि चालू आर्थिक वर्षसम्ममा ४०८० सम्म थियो । यो मिटरमा हो ।

तर यसरी अन्तशुल्क बढे पनि सूर्य नेपाललाई भने टूलो भार नपर्ने देखिएको छ ।
सूर्य नेपालले नेपालमा चुरोट उत्पादन गर्ने हो । सूर्य नेपालले सबैभन्दा धेरै चुरोट उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी हो । आयत गर्ने कच्चा सुर्ती प्रति केजी १ सय ३० प्रतिशत अन्तशुल्क लाग्ने गरेकोमा अहिले पनि त्यहि कायम गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स