काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष जलविद्युत उत्पादन बढाएर ४ हजार ५ सय मेगावाट पुर्याउने भएको छ । वर्षमान पुनले आज प्रस्तुत गरेको बजेटमा उक्त व्यवस्था गरिएको हो ।
सरकारले आगामी आर्थिक वर्षमा ९ सय मेगावाट विद्युत थप गर्ने व्यवस्था गरेको हो । सरकारले सोका लागि ५० अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।