आजदेखि संसदमा बजेट अधिवेशन सुरु, १८ खर्बको बजेटमा कसरी होला छलफल ?

काठमाडौं । आज वैशाख २८ गते शुक्रवार देखि संसदमा आगामी आर्थिक वर्षको बजेट अधिवेशन आरम्भ हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दबवै सदनको अधिवेशन आह्वान गरेका थिए ।

अर्थ मन्त्रालयले चालु आवमा १८ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरिरहेको छ । अहिले अर्थ मन्त्रालयले विभिन्न सरोकारवालाहरू, विज्ञसँग बजेट सुझाव लिने काम गरिरहेको छ ।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार दिउँसो २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसदलाई संघीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ ।

यहि अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्दैछ । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पनि ल्याउनु पर्नेछ ।

तर, सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

प्रतिपक्षी र सरकारको अडानका कारण संसदमा भिडन्तको सम्भावना देखिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी २६ वटा विधेयक विचाराधीन छन् । राष्ट्रियसभामा मिडिया काउन्सिल विधेयक दर्ता भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स