अर्थ मन्त्रालयले माग्यो आगामी आवको बजेटको लागि सुझाव, मस्यौदा लेखनमा लाग्यो

काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ । आज एक सूचना जारी गरेर मन्त्रालयले आगामी आवको बजेटका लागि सबैसँग सुझाव समेत मागेको छ । अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार सहसचिव धनिराम शर्माको नेतृत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । योसँगै उनले बजेट निर्माणको लागि निर्देशन पनि दिइसकेका छन् ।

धनिराम शर्मा नेतृत्वको टिमले बनाउन लागेको बजेटका लागि मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरुलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन मन्त्रालयले भनेको छ । त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिनु पर्ने उल्लेख गरेको छ ।

सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्बको बजेट ल्याउने तयारी गरेको छ । बजेट निर्माणको यो समयमा मन्त्रालयका कर्मचारी अन्य समयमा भन्दा बढी व्यस्त हुने गर्दछन् ।

२०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा अर्थमन्त्रीले संघीय संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए । वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदहरुका सुझाव समेटेका थिए । संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पारित भइसकेको छ ।

बजेट लेखन समितिा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स