काठमाडौं । अहिले अर्थसचिव कृष्णहरि पुष्करको स–परिवार विदेश भ्रमणमा रहेको छ । अर्थमन्त्री वर्षमान पुन आएपछि मन्त्रीलाई गर्नुपर्ने बिर्फिङनै नसकि यो अवसर मेरा लागि अन्तिम हुन सक्छ, पहिला नै तय भै सकेको कार्यक्रम हो भन्दै अर्थसचजिव विदेश गएका हुन् । अहिले पनि उनी विदेश भ्रमण मै छन् । यता अर्थमन्त्री पुन भने उनी विदेशमा रहँदा नै उनको अन्तै सरुवा गरेर अर्थ सचिवको पदीय दायित्व डा.रामप्रसाद घिमिरेलाई सुम्पने तयारीमा छन् । हाल घिमिरेले अर्थ मन्त्रालयमै राजस्व सचिवको भूमिका निर्वाह गरिरहेका छन् ।
अर्थमन्त्री वर्षमान पुनले अर्थ सचिवमा राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकृत तोयम रायालाई ल्याउन खोजे पनि उनको निजामति सेवामा निवृत्त हुने समय नििजकिएकोले उनलाई अर्थमन्त्रीको टिममा नराखिएको उच्च स्रोतले जानकारी दिएको छ । त्यसो त अर्थसचिवमा अर्जुन पोखरेलको नाम पनि नचलेको होइन । हाल उनी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छन् ।
राजस्व सचिवमा भने अर्थमन्त्री पुनले रामकृष्ण सुवेदीलाई ल्याउने तयारी गरेका छन् । हाल उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । उनलाई राजस्व सचिवमा ल्याउने तयारी वर्षमान पुनले गरेपनि उनी राजस्वका क्याडर भने होइन । उनीसँग वाणिज्य क्षेत्रमा काम गरेको लामो अनुभव छ, राजस्वमै बसेर भने अहिलेसम्म उनले काम गर्ने अवसर पाएका छैनन् ।
अर्थमन्त्री पुनले हाल भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई आफ्नो कित्ताबाट बाहिर फाल्ने छने भने उनीसँगै अहिले अर्थ मन्त्रालयमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख रहेका सहसचिव उत्तर कुमार खत्री पनि अन्तै फालिने भएका छन् ।
आन्तरिक राजस्व विभाग महानिर्देशक हाकिरहेका भूपाल बरालको ठाउँमा अहिले यहि लैजाने भनेर नभने पनि सहसचिव रितेश शाक्यको सम्भावना बढी देखिएको छ । अर्थमा बसेर अर्थमन्त्रीलाई सघाउनको लागि सघाउन चाहने सचिव र सहसचिव धेरै भएपनि उनीहरू को को मन्त्रालयमा रहने हुन र को को बाहिर फालिने हुन् यस विषयमा भने छलफल भने भइसकेपनि निर्णय भएको छैन ।