ब्याजदरमा दशमलव पछिको ३ अंकले बैंकिङ बजारमा भित्रियो अस्वस्थ प्रतिस्पर्धा, इमेज नै बिग्रने चिन्ताः भुवन दाहाल

काठमाडौं । भदौ ३१ गते असोज महिनाको लागि बैंकहरूले ब्याजदर निकाले । बैकर्स संघले ब्याजदरका विषयमा गर्दै आएको भद्र सहमति भदौ ३० गते तोडेपछि बैंकहरूले राष्ट्र बैंकको निर्देशन बमोजिम अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतले ब्याजदर बढाएर सर्वसाधारणलाई सूचित गर्ने गरी १२.१३ प्रतिशत ब्याजदर प्रकाशित गरे । केहि बैंकहरूले भने १२.१३३ प्रतिशत ब्याजदर कायम गरे ।

तर, केहि बैंकले चलाखी गरेर कहि नभएको अर्थात अन्तर्राष्ट्रिय वित्तीय बजारमा नचलेको दशमलव पछि ३ अंक राखेर ब्याजदर प्रकाशित गरे । यसले बैंकिङ क्षेत्रमा एउटा नौलो अस्वस्थ प्रतिस्पर्धाको तरंग उत्पन्न गर्यो ।

अन्तर्राष्ट्रिय बजाारमा चलेकाच लाइवर होस् फेड रेडले पनि दशमलव पछाडि २ अंक नै राखेर ब्याजदर प्रकाशित गर्ने गरेका छन् । तर, लक्ष्मी, प्रभु, सिभिल, मेगा, स्ट्यान्डर्ड चाटर्डलगायतका बैंकले दशमलव पछि ३ अंक राखेर आज असोज महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरे । बैंकहरूको यो हर्कतलाई पूर्व बैंकर्स तथा बैकर्स संघका पूर्व अध्यक्ष भुवन दाहालले संसारमै नचलेको अभ्यासलाई फलो गरेर बैकिङ क्षेत्रको इमेजलाई नै धुमिल्याउने काम बैंकहरूले गरेको टिप्पणी गरे ।

‘विश्व बैंकिङ बजारमा पनि दशमलव पछि २ अंकनै तल्ने हो,’ उनले भने ‘साथीहरूको सानो लोभका कारण बैकिङ क्षेत्रको ईमेज नै नराम्रो बन्ने भयो । अहिलेको यो अस्वस्थ प्रतिस्पर्धाले भोलि बैकिङ क्षेत्रलाई कहाँ पुर्याउने हो, यसले हामीहरूलाई साह्रै चिन्तित बनाएको छ र साथीहरू यो हर्कतका कारण हामी पूर्व बैकरहरू लज्जित भएका छौं ।’

उनले थपे ‘आज ३ अंकको कुरा आयो, भोलि ४ अंकको कुरा आउला, एवम् रितले बढ्दै जाने हो भने यो अस्वस्थ प्रतिस्पर्धाको गेम कहाँ पुग्छ वा कसरी यसको अन्त्य हुन्छ कुनै टुंगो छैन । यसले बैकिङ क्षेत्रमा आम जनमानसबीच स्थापित भएको विश्वासलाई कहाँ पुर्याउछ सम्झदा पनि अत्यास लाग्छ, यो अभ्यासलाई छोडेर म साथीहरूलाई अन्तर्राष्ट्रिय नम्स र भ्यालू अनुसार चल्न आग्रह पनि गर्न चाहन्छु ।’

दशमलवपछिको तेस्रो अंकले ब्याजदरमा थोरै असर परेपछि यहाँ भएको गलत अभ्यासका कारण बैकिङ क्षेत्र वेथितिमा धकेलिन्छ भन्ने चिन्ता उनमा बढेको हाम्रोअर्थसँगको कुराकानीमा दाहालले बताए ।

बैंकले चलाखीपूर्ण दशमलव पछिको ३ अंकमा ब्याजदर बढाएर राख्दा संस्थागत निक्षेपको ब्याजदर थोरै बढ्ने तथा यसको खासै असर नपर्ने भएपनि अस्वस्थ प्रतिस्पर्धा हुन नदिन यसलाई सच्याउनु पर्ने र भोलिका दिनमा यस्ता गलत अभ्यास नगर्न समेत उनले सुझाए ।

दशमलव पछिको ३ अंकका कारण संस्थगत निक्षेपमा ब्याजदर फरक परेपछि स्वस्थ प्रतिस्पर्धामा रहेका अर्थात नियममा बाधिएर आफ्नो व्यवासय अघि बढाइ रहेका बैंकहरूमा रहेको निक्षेप बाहिरिन थालेको छ । यसै कुरामा बैंकरहरुबीच विगत केहि दिनदेखि विवाद समेत चल्यो । अन्य बैंकका सीईओहरूले दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्ने बैंकले ब्याजदर सच्याउन दवाव दिए ।

तर, ती बैंकहरूले अटेर गरेपछि अन्य बैंकहरुले पनि पुनः त्यहि गलत अभ्यासलाई पच्छाउँदै दशमलवपछि ३ अंक राखेर ब्याजदर प्रकाशित गर्न थालेका छन् । बुधबार आधा दर्जन बढी बैंकले दोर्याएर ब्याजदर प्रकाशित गरेका छन् । बुधबार लक्ष्मी, प्रभु, सिभिल, मेगा, स्ट्यान्डर्ड चाटर्ड लगायतका बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । गत सोमबार र मंगलबार पनि केहि बैंकले दोर्याएर ब्याजदर सम्बन्धी सूचना प्रकाशित गरे । नयाँ ब्याजदर सम्बन्धी सूचनामा उनीहरूले पनि दशमलवपछि ३ अंक राखेर ब्याजदर सार्वजनिक गरेका छन् ।

गत फागुनदेखि ब्याजदर नबढाउने भद्र सहमतिमा बाधिएका बैंकहरूले भद्र सहमति तोडिएसँगै ब्याजदरमा पुनः अस्वस्थ प्रतिस्पर्धा गर्न थालेका छन् । बैंकहरूको यो हर्कतले उनीहरूको लालचलाई उधाङ्गो पारेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स