आरविवि मर्चेन्ट बैंकिङद्धारा विश्व लगानीकर्ता सप्ताहको अवसरमा सचेतनामूलक कार्यक्रम आयोजना

काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिबृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४, कात्तिक ६ गते देखि १२ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङले २०८१ साल कात्तिक ११ गते राम नारायण अयोध्या उच्च मा.वि, पिपरा, महोत्तरी मा (+) २ तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको छ ।

उक्त सचेतनामूलक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक पिपरा शाखाका प्रमुख सन्तोष कुमार ठाकुर र शाखाका कर्मचारी भगवान् चौधरी तथा राम नारायण अयोध्या उच्च मा.वि, का अध्यक्ष लक्ष्मण मण्डल, सहायक प्रधानाध्यापक सुजय कुमार राय लगायत अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, बरिष्ठ प्रबन्धक अजय घिमिरे र अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरे तथा राम नारायण तिवारीले दिएका थिए ।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले सेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुनेछन् भन्ने विश्वास गरिएको छ ।

आरविवि मर्चेन्ट बैकिङ राष्ट्रिय वाणिज्य बैंकको शत् प्रतिशत लगानीमा स्थापित संस्था हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स