निफ्राको साधारण सभा मंसिर २९ गते, ८ प्रतिशत बोनस सेयर बुक गर्ने मिती कहिले

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ ।

उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहेको सेयरधनीहरुले निफ्राले तोकेको लाभांश पाउने छन् ।

निफ्राको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वटमा गर्ने भएको छ ।

निफ्राले सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.४२ प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2021/11/nifra.pdf” download=”all” viewer=”browser”]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स