काठमाडौं । आज मंगलबार धनतेरस । अमेरिकी डलरसहित आज विश्व भरिचलन चल्तीमा रहेका विदेशी मुद्राहरूको भाउ स्थिर रहेको छ ।
आज अमेरिकी डलर, बहराइन र कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ । तर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको विनियमदर भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा थियो।
यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा कायम भएको छ। हिजो यूरो एकको खरिददर एकसय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा थियो।
आज पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २१ र बिक्रीदर एक सय ७४ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा थियो।
कुबेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ७२ पैसा कायम भएको छ। हिजो कुबेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा थियो।
आज बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६१ पैसा कायम भएको छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ०५ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ६४ पैसा थियो।