चालू आर्थिक वर्षका तीन महिना : कुन बैंक कति छ निष्क्रिय कर्जा ?

काठमाडौं । बैंक तथा वित्तिय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक भएको वित्तिय विवरण अनुसार धेरै बैंकहरुको निष्क्रिय कर्जा वृद्धि भएको छ ।

सार्वजनिक भएको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा सबैभन्दा बढी नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको रहेकको छ भने सबै भन्दा कम एभरेष्ट बैंकको रहेको छ । उक्त बैंकको निष्क्रिय कर्जा ०.७७ प्रतिशत रहेको छ ।

नबिल बैंकले ४.२४ प्रतिशत खराब कर्जा प्रवाह गरेको छ । त्यस्तै कृषि विकास बैंकको निष्क्रिय कर्जा ४.७८ प्रतिशत रहेको छ ।

त्यसैगरी प्राइम कमर्सियल बैंकको खराब कर्जा ४.८६ प्रतिशत हुदाँ ग्लोबल आइएमई बैंक ४.६७ प्रतिशत रहेको छ ।
त्यस्तै नेपाल एसबीआई बैंक १.८१ प्रतिशत रहेको छ । सानिमा बैंकको निष्क्रिय कर्जा २.९४ प्रतिशत रहेको छ ।

अन्य कुन बैंकको कति ?
एभरेष्ट बैंक ०.७७ प्रतिशत
एनएमबी बैंक ३.६३ प्रतिशत
माछापुच्छ्रे बैंक ३.१५ प्रतिशत
नेपाल बैंक ३.८४ प्रतिशत
स्ट्याण्डर्ड चार्टर्ड बैंक १.९५ प्रतिशत
सिटिजन्स बैंक ५.४१ प्रतिशत
सिद्धार्थ बैंक १.९९ प्रतिशत
राष्ट्रिय वाणिज्य बैंक ४.२३ प्रतिशत
प्रभु बैंक ४.९४ प्रतिशत
लक्ष्मी सनराईज बैंक ५.४४ प्रतिशत
एनआइसी एशिया बैंक ४.२४ प्रतिशत
कुमारी बैंक ४.९६ प्रतिशत
हिमालयन बैंक ४.९४ प्रतिशत

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स