काठमाडौं । सानिमा बैंक लिमिटेडले २० औं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा आगामी मंसिर ४ गते आम्रपाली बैंक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे डाकेको हो ।
साधारणसभा प्रयोजनाका लागि कम्पनीले कार्तिक २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कार्तिक २४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।