शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा २३ करोड ९३ लाख

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २४.८९ प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले १९ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी २८.८४ प्रतिशतले बढेर ६५ करोड ६८ लाख रूपैयाँ कायम भएको छ । गत वर्ष बैंकले ५१ करोड १३ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको सञ्चालन नाफा २०.०४ प्रतिशतले बढेर ३५ करोड २० लाख पुगेको छ । गत वर्ष बैंकको सञ्चालन नाफा २९ करोड ३३ लाख रूपैयाँ थियो ।

त्यस्तै, बैंकको इम्पेयरमेन्ट चार्ज ४ करोड ३९ लाख रुपैयँबाट बढेर १२ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि बढेर ३.५० प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी भने २.३३ रुपैयाँले बढेर २०.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५१.०३ रुपैयाँ कायम भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स