गरिमा विकास बैंकको नाफा २२ करोड ५७ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा १२ प्रतिशतले बढी हो । गत वर्षको साहि अवधिमा बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.०८ प्रतिशतले बढेर ९८ करोड ६८ लाख गरेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा १२.०१ प्रतिशतले बढेर ३२ करोड २३ लाख रूपैयाँ पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज भने ३५ करोडबाट बढेर ३७ करोड रुपैयाँ पुगेको छ भने खराब कर्जा बढेर ३.८२ प्रतिशत कायम भएको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.९० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६२.०७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स