कामना सेवा विकास बैंकको नाफा १७ करोड ४९ लाख, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा १७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा ४६.४० प्रतिशतले बढी हो । गत वर्षको सोहि अवधिमा बैंकले ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकले ५।६७ प्रतिशतले बढेर ५१ करोड ८७ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको तुलनामा ५.६७ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले ४९ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज ९ करोड ५२ लाखबाट घटेर ४ करोड ८७ लाख रुपैयाँ कायम भएको छ ।

बैंकको सञ्चालन नाफा ४२.५७ प्रतिशतले बढेको छ भने वितरणयोग्य नाफा पनि ७१८ प्रतिशतले बढेर २० करोड ९८ लाख पुगेको छ ।

चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६९ करोड रुपैयाँ जम्मा रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १९.९४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२१ रुपैयाँ रहेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स