महालक्ष्मी विकास बैंकको नाफा ९ करोड ४२ लाख

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको यसैअवधिको भन्दा १.१४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा बैंकले ९ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी ९.५२ प्रतिशतले बढेर ४८ करोड ३२ लाख कायम भएको छ । गत वर्षको सोहि अवधिमा बैंकले ४४ करोड १२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको इम्पेयरमेन्ट चार्ज १२ करोड ४१ लाखबाट बढेर १६ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा २.५५ प्रतिशत घटेको छ । बैंकको वितरणयोग्य नाफा भने ४३.८३ प्रतिशतले बढेर २१ करोड ४१ लाख पुगेको छ ।

४ अर्ब १७ करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ ।

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी ९.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६३.४८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स